PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतमा ८८ दिन पछि सबैभन्दा कम संक्रमित पहिचान, सक्रिय संक्रमितको संख्या ७ लाख



भारतमा ८८ दिन पछि सबैभन्दा कम संक्रमित पहिचान, सक्रिय संक्रमितको संख्या ७ लाख
Photo : Financial Express

भारतमा ८८ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित पहिचान भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ५३ हजार २५६ जनामा संक्रमण देखिएको हो। हाल भारतमा संक्रमण दर कम हुँदै गएको छ।

यस्तै, ७८ हजार १९० जना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख २ हजार ८८७ पुगेको छ।

कोभिड १९ संक्रमणका कारण थप १ हजार ४३३ जनाको मृत्यु भएको छ। हालसम्म भारत भर २ करोढ ९९ लाख ३५ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ लाख ८८ हजार १३५ जनाको मृत्यु भइसकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell