PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'क्लब हाउस'को नयाँ आइकनमा ब्राजिलियन क्रिएटर डन्डारा पगु



'क्लब हाउस'को नयाँ आइकनमा ब्राजिलियन क्रिएटर डन्डारा पगु

'क्लब हाउस'को एप आइकन परिवर्तन भएको छ। आज नयाँ अपडेट जारी गर्दै क्लब हाउसले आफ्नो आइकनमा ब्राजिलियन महिलाको तस्विर राखेको हो।

क्लब हाउसले निश्चित समयावधिमा विभिन्न व्यक्तिहरुको 'हेडसट्स्' लाई एप आइकनका रुपमा प्रयोग गर्दै आएको छ।

यही क्रममा क्लब हाउसले ब्राजिलियन क्रियटर डन्डारा पगुको हेडसट् एप आइकनमा प्रयोग गरेको हो। अडियो एप क्लब हाउसले सम्मान स्वरुप विभिन्न व्यक्तिहरुको फोटो एप आइकनमा प्रयोग गर्ने गरेको छ।

उत्तरपूर्वी ब्राजिलमा जन्मिएकी पगु गरिबी र हिंसाका अवस्था सामना गर्दै हुर्किएको क्लब हाउसले जनाएको छ। उनले क्लब हाउसमा आफ्नो समुदायको अधिकतम प्रतिनिधित्व गरेकाले त्यसको सम्मानस्वरुप एप आइकनमा उनको तस्वीर प्रयोग गरिएको बताइएको छ।

उनको हँसिलो अनुहार हेर्दै करोडौं प्रयोगकर्ता क्लब हाउसको मञ्च प्रवेश गर्न पाउनु गर्वको विषय भएको प्रतिक्रिया क्लब हाउसले दिएको छ।

पगुले ब्राजिलियन क्लब हाउसमा चर्चामा रहेको अर्थशास्त्र तथा जातीयता सम्बन्धी विषयका बहस मोडरेट गर्दै आएकी छिन्। उनले उक्त छलफलहरुबाट अपरिचित व्यक्तिहरुलाई समान धारणा बनाउन प्रेरित गर्ने गरेको बताइएको छ।

यसअघि एसियन मूलकी अमेरिकी भिज्युल आर्टिस्ट ड्रु काटोओको हेडसेट क्लबहाउसको आइकनमा थियो।

उनले अश्वेत महिलाहरुको आधारभूत अधिकार प्राप्तिका लागि महत्वपूर्ण भूमिका खेल्दै छलफल आयोजना गर्ने गरेको क्लबहाउसले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell