PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भोलिदेखि वीरगंजमा जोरबिजोर प्रणालीसहित निजी सवारी साधन चल्ने



भोलिदेखि वीरगंजमा जोरबिजोर प्रणालीसहित निजी सवारी साधन चल्ने

वीरगंज : मंगलवारदेखि पर्सामा निजी सवारी साधनहरु सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै असार ६ गते जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले गरेको निर्णयलाई संशोधन गर्दै निजी सवारी साधन चलाउन पाइने निर्देशन दिएको हो।

वीरगंजमा कोरोना संक्रमण घटदै गएको र नयाँ केस पनि न्यून मात्रामा देखिएकोले असार १३ गतेसम्म लम्ब्याइएको निषेधाज्ञालाई खुकुलो बनाउँदै निजी सवारी साधनलाई पनि सञ्चालनको अनुमति प्रदान गरिएको हो। जोरबिजोर प्रणाली अनुसार जोर गते जोर नम्बरका गाडी र बिजोर गतेका दिन बिजोर गाडी चलाउन सकिने पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए। यो नियम मंगलवारदेखि लागू हुने जनाइएको छ।

आइतवारको बैठकले मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दूधजन्य पदार्थ, पशुपन्क्षीको दानालगायत ढुवानीका सवारी साधनहरु, आइसोलेसन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी (दुई पाङ्ग्रे बाहेक) तथा सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell