PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतमा ९१ दिन पछि सबैभन्दा कम संक्रमित पहिचान, थपिए ४२ हजार संक्रमित



भारतमा ९१ दिन पछि सबैभन्दा कम संक्रमित पहिचान, थपिए ४२ हजार संक्रमित
Photo : Outlook India

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ४६० जनामा कोभिड १९ संक्रमण देखिएको छ। ९१ दिनपछि भारतमा सबैभन्दा कम संख्यामा संक्रमित पहिचान भएका हुन्।

यस्तै, ८१ हजार ८३९ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५२१ पुगेको छ।

संक्रमणका कारण थप १ हजार १६७ जनाको मृत्यु भएको छ। भारतमा कूल २ करोड ९९ लाख ७७ हजार ८६१ जनामा कोभिड १९ संक्रमण पुष्टि हुँदा ३ लाख ८९ हजार ३०२ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell