PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

फिलिपिन्समा 'डेल्टा भेरिन्ट'को संक्रमण बढ्दै, राष्ट्रपतिको चेतावनी : भ्याक्सिन लगाउने कि जेल जाने ?



फिलिपिन्समा 'डेल्टा भेरिन्ट'को संक्रमण बढ्दै, राष्ट्रपतिको चेतावनी : भ्याक्सिन लगाउने कि जेल जाने ?
File Photo : Erik De Castro / Reuters

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोना भाइरसविरुद्ध भ्याक्सिन नलगाउनेहरु जेल पठाउने चेतावनी दिएका छन्। कोभिड १९ को डेल्टा भेरियन्टको केस बढ्दै गएपछि राष्ट्रपतिले भ्याक्सिन लगाउन सबैलाई आह्वान गरेका हुन्। साथै भ्याक्सिन लगाउन नमान्नेहरुलाई जेल पठाउने बताएका हुन्।

'तपाईहरुले छान्न सक्नुहुन्छ : कि त भ्याक्सिन लगानुहोस्। वा म तपाईंहरुलाई जेलमा पठाउँछु' उनले भने।

फिलिपिन्समा मार्चदेखि भ्याक्सिनेसन कार्यक्रम सुरु भएको थियो। तर भ्याकसिनेसनमा कम संख्यामा मात्रै नागरिकहरु सहभागी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell