PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि सुनुवाई, देउवाका वकिललाई १२ घण्टा समय, नेताहरुले बहस नगर्ने



प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि सुनुवाई, देउवाका वकिललाई १२ घण्टा समय, नेताहरुले बहस नगर्ने

काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आजदेखि सुनुवाई हुने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा दिउँसो साढे ११ बजेदेखि निवेदक शेरबहादुर देउवाका कानुन व्यवसायीले बहस गर्नेछन्।

देउवाका एक कानुन व्यवसायीका अनुसार बुधवार खम्मबहादुर खाती, महादेव यादव, शम्भु थापा, बद्रीबहादुर कार्की र गोविन्द बन्दीले बहस गर्नेछन्।

उनका अनुसार नेताहरुले भने बहस नगर्ने भएका छन्। इजलासले बहसका लागि १२ घण्टा तोकेकाले समय अभावका कारण कानुन व्यवसायी पृष्ठभूमिका नेताहरुले बहस नगर्ने निर्णय भएको ति अधिवक्ताले बताए।

यसअघि भीम रावल, रमेश लेखक, पुष्पा भुसाल, देव गुरुङलगायत कानुनी पृष्ठभूमिका नेताहरुले बहस गर्ने तय भएको थियो।

जेठ २६ को संवैधानिक इजलासले निवेदकलाई जवाफी बहसका लागि ३ घण्टासहित १५ घण्टा समय तोकेको छ। सरकारी पक्षलाई पनि १५ घण्टा तोकेको छ। अदालतका सहयोगी एमिकस क्युरीले आधा/आधा घण्टा गरी २ घण्टा समय पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell