PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो, ४ राज्यमा भेटिए ४० 'डेल्टा प्लस' केस



भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो, ४ राज्यमा भेटिए ४० 'डेल्टा प्लस' केस
Photo : QUARTZ

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा ५० हजार ८४८ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। यससँगै भारतमा  कूल संक्रमितको संख्या ३ करोड २८ हजार ७०९ पुगेको छ।

साथै, ६८ हजार ८१७ जना संक्रमित संक्रमण मुक्त भएका छन्। भारतभर हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ लाख ४३ हजार १८४ रहेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट थप १ हजार ३५८ जनाको मृत्यु भएको छ। भारतभर कोभिड १९ का कारण ३ लाख ९० हजार ६६० जनाको मृत्यु भइसकेको छ।

भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ। यद्यपि, कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै पूर्व तयारीमा जोड दिन विज्ञहरुले आग्रह गरिरहेका छन्। 

कोभिड १९ को भेरियन्ट अफ इन्ट्रेस्ट 'डेल्टा प्लस' का केसहरु थपिँदै गर्दा थप सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ। भारतमा पछिल्लो २४ घण्टामा डेल्टा प्लसको ४० नयाँ केस देखिएका छन्। महाराष्ट्र, मध्यप्रदेश, करेल र तमिलनाडुमा डेल्टा प्लसको नयाँ केस देखिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell