PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शेरबहादुरको १९ दिने कार्यकाल : खोप आउने सुनिश्चित भएको दावी, गाँजाको औषधीय उपयोगबारे पहल सुरु



शेरबहादुरको १९ दिने कार्यकाल : खोप आउने सुनिश्चित भएको दावी, गाँजाको औषधीय उपयोगबारे पहल सुरु

काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई अमान्य घोषित गरेपछि मंगलबार २० मन्त्रीको पद गुम्यो।

पद गुम्नेमा २ उपप्रधानमन्त्री, १६ मन्त्री र २ राज्य मन्त्री थिए। कोरोना भाइरसको संक्रमणको अवस्थाबिच स्वास्थ्य मन्त्रालयको 'कमान्ड' सम्हालने पुगेका शेरबहादुर तामाङ पनि मंगलबार सर्वोच्चको आदेशपछि पदमुक्त भए। उनी पदमुक्त हुँदा मेलम्चीमा बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनमा थिए।

छोटो समयका लागि मन्त्रालय सम्हालेका शेरबहादुर तामाङले आफूले कोरोना संक्रमण नियन्त्रण गर्न इमान्दार प्रयत्न गरेको बताएका छन्। तामाङ जेठ २१ गते स्वास्थ्य तथा जनसंख्य मन्त्री नियुक्त भएका थिए। सामाजिक संजलान आफ्नो १९ दिने कार्यकालको विवरण सार्वजनिक गर्दै उनले खोप ल्याउने सम्बन्धी सबै प्रक्रिया भएको र केही दिनमा नै खोप आउने सुनिश्चितता भएको समेत बताएका छन्।

तर, पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी हुन सक्नेमा उनले शंका व्यक्त गरेका छन्।

'त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ। राजनितिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन।' उनले लेखेका छन्।

उनले आफ्नो कार्यकालमा सबै नेपाली जनताको स्वास्थ्य उपचार नि:शुल्क गर्ने सम्बन्धी छलफल भएको र प्रारम्भिक प्रक्रिया समेत सुरु भइसकेको बताएका छन्। साथै, सबै सरकारी अस्पतालहरुलाई सुबिधा सम्पन्न बनाएर अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चिता गर्ने प्रक्रिया आरम्भ भएको समेत बताएका छन्।

मन्त्री हुनु अघि देखि नै तामाङले गाँजाको प्रयोगको लबिङ गर्दै आएका थिए। उनले मन्त्री हुँदा गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल सुरु भएको समेत बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell