PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एकपछि अर्को फिल्म छाडेका कार्तिक ‘सत्यनारायणकी कथा’मा अनुबन्धित



एकपछि अर्को फिल्म छाडेका कार्तिक ‘सत्यनारायणकी कथा’मा अनुबन्धित
Photo: hindustantimes.com

बलिउड अभिनेता कार्तिक आर्यन फिल्म ‘सत्यनारायणकी कथा’मा अनुबन्धित भएका छन्। साजिद नाडियाडवाला र नमह पिक्चर्सले निर्माण गर्न लागेको फिल्म ‘सत्यनारायणकी कथा’ उनी मुख्य भुमिकामा देखिने भएका छन्

केहि समयअघि कार्तिक धर्मा प्रोडक्शनको फिल्म ‘दोस्ताना २’बाट बाहिरिएका थिए। त्यसलगत्तै रेड चिल्ली इन्टरटेन्मेन्टको फिल्म ‘फ्रेडी’ छाडेपछि उनको करियर बलिउडमा खस्कन लागेको चर्चा चलेको थियो।

कार्तिकले आफूले साजिदसँग काम गर्न चाहिरहेको बताउँदै यो प्रोजेक्टमा जोडिन पाउँदा खुशी लागेको उल्लेख गरेका छन्।

यस फिल्ममा राष्ट्रिय फिल्म अवार्ड जितिसकेका निर्देशक समिर विद्यवानको निर्देशन रहनेछ। उनले साजिद नाडियाडवालाले पहिलो पटक कार्तिकसँग सहकार्य गर्न लागेका हुन्। यो फिल्म म्यूजिकल लभ स्टोरीको कथामाथि बन्ने भएको छ।

फिल्मका लागि अन्य कलाकार पक्का गरिएको छैन। तर, एकपछि अर्को फिल्म कथाकै कारण छाडेका कार्तिक यो फिल्मको कथालाई लिएर भने उत्साहित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell