PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

युरो कपमा सकियो समूह चरणका खेल : अन्तिम १६ मा कुन समूहका कुनकुन टिम, कहिले खेल?



युरो कपमा सकियो समूह चरणका खेल : अन्तिम १६ मा कुन समूहका कुनकुन टिम, कहिले खेल?
फोटोहरु : EURO2020

यूईएफए युरो कपको समूह चरणका खेलहरु सकिएका छन्। ११ जुनबाट सुरु भएको प्रतियोगितामा २४ वटा टिमलाई ६ वटा समूहमा बाँडिएको थियो। गएराति समूह 'ई' र 'एफ' का खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमहरुको टुंगो लागेको हो।

प्रिक्वाटरफाइनलमा ६ समूहका शीर्ष दुई टिम गरी १२ वटा टिम र तेस्रो स्थानमा रहेकामध्ये शीर्ष चार टिमगरी १६ टिमले अर्को चरणमा प्रवेश गरे।

समूह ए:  इटली र वेल्स

समूह बी: बेल्जियम र डेनमार्क

समूह सी: नेदरल्याण्ड्स र अस्ट्रिया

समूह डी: इङ्ग्ल्याण्ड र क्रोएसिया

समूह ई: स्वीडेन र स्पेन

समूह एफ: फ्रान्स र जर्मनी

त्यस्तै चारवटा टिम तेस्रो स्थानमध्येको शीर्षबाट अन्तिम १६ मा प्रवेश गरेका छन्। तेस्रो हुने टिमबाट शीर्ष चार टिम छनोटका लागि यूईएफएले ६ वटा प्रक्रिया राखेको छ। जसमा त्यहाँ भएका टिममध्ये हात पारेको उच्च अंक, गोलान्तर, गोल संख्या, जित संख्या, अनुशासन (रेड कार्ड/ यल्लो कार्ड) र समग्र स्थान। यसअनुसार अन्तिम १६ मा स्वीजरल्याण्ड, चेक रिपब्लिक, पोर्चुगल र युक्रेनले प्रवेश पाएका छन्।

कुन कुन टिम भिड्नेछन् अन्तिम १६ मा?

अन्तिम १६ को टुंगो भएसँगै कुन टिमले कुन टिमसँग प्रतिस्पर्धा गर्ने भन्नेसमेत टुंगो लागेको छ।

वेल्स भर्सेस डेनमार्क: शनिवार बेलुकी पौने १० बजे

इटली भर्सेस अस्ट्रिया: शनिवार राति पौने १ बजे

नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक : आइतवार बेलुकी पौने ९ बजे

बेल्जियम भर्सेस पोर्चुगल : आइतवार राति पौने १ बजे

क्रोएसिया भर्सेस स्पेन : सोमवार बेलुकी पौने १० बजे

फ्रान्स भर्सेस स्वीजरल्याण्ड : सोमवार राति पौने १ बजे

इङ्ग्ल्याण्ड भर्सेस जर्मनी: मंगलवार बेलुकी पौने १० बजे

स्वीडेन भर्सेस युक्रेन: मंगलवार राति पौने १ बजे

समूह चरणमा धेरै गोल गर्ने खेलाडी

समूह चरणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन्। उनलाई पछ्याउँदै  बेल्जियमका रोमेलु लुकाकु र चेक रिपब्लिकका प्याट्रिक सिक, स्वीडेनमा इमिल फोर्सबर्ग, नेदरल्याण्ड्सका जर्जिनिओ विनाल्डम र पोल्याण्डका रोबर्ट लेवान्डोस्की  रहेका छन्। रोनाल्डोले समूह चरणमै पाँच गोल गरिसकेका छन् भने अन्य पाँच खेलाडीले समान ३/३ गोल गरेका छन्।

रोनाल्डो: पोर्चुगलका क्रिस्टियानो रोनाल्डो युरो कपमा सर्वाधिक गोलकर्ता हुन्। उनले युरो कपमा कुल १४ गोल गरेका छन्।

जारी सिजनको युरो कपमा ५ गोल गरेका उनले समूह चरणको खेलमा हंगेरी विरुद्ध दुई र जर्मनी विरुद्ध एक गोल गर्दा फ्रान्सविरुद्ध दुई गोल गरे। उनले यही प्रतियोगिताबाट युरोकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका थिए भने सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने सर्वाकालिन खेलाडीको रुपमा पनि इरानका अलि डेइको कीर्तिमान बराबरी गरेका छन्। दुबै खेलाडीको समान १०९ अन्तर्राष्ट्रिय गोल छ।

उनले समूह चरणमा तीन खेलमा २७० मिनेट मैदानमा रहँदा कुल ११ वटा प्रहार गरे। जसमध्ये दाहिने खुट्टाले तीन र देब्रे खुट्टाले २ गोल गरे। त्यस्तै उनले एक गोल एसिस्ट गरे।  

रोमेलु लुकाकु: बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले तीन खेलमा कुल २६४ मिनेट खेल्दा कुल ७ वटा प्रहार गरेका थिए जसमा ४ वटा अनटार्गेट रहेको थियो। तीन गोल गरेका उनले दाइने खुट्टाले २ र देब्रे खुट्टाले १ गोल गरे। 

प्याट्रिक सिक: चेक रिपब्लिक उनले तीन खेलमा कुल २३६ मिनेट खेल्दा १० कुल प्रहार गरे। जसमा अन टार्गेट ६ र अफ टार्गेट ४ प्रहार गरेका थिए। जसमा हेडिङबाट एक गोल र देब्रे खुट्टाले २ गोल गरेका थिए।

इमिल फोर्सबर्ग: स्वीडेनका फोर्सबर्गले पनि समूह चरणको तीन खेलमा तीन गोल गरेका छन्। २५१ मिनेट मैदानमा रहेका उनले ८ वटा प्रहार गरेका थिए जसमा तीनवटा अन टार्गेट थियो। उनले पोल्याण्डविरुद्ध दुई गोल र स्लोभाकियाविरुद्ध एक गोल गरेका थिए।

जर्जिनिओ विनाल्डम: नेदरल्याण्ड्समा विनाल्डमले समूह चरणको खेलमा २७० मिनेट मैदानमा बिताउँदै कुल १० वटा प्रहार गरे। जसमा चारवटा अन टार्गेट थियो। उनले नर्थ म्यासाडोनिया विरुद्ध दुई गोल तथा युक्रेनविरुद्ध एक गोल गरेका थिए।

रोबर्ट लेवान्डोस्की: पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले पनि समूह चरणमा तीन गोल गर्न सफल भए यद्यपि उनको टिमले भने अन्तिम १६ मा स्थान बनाउन सकेन। २७० मिनेट मैदानमा रहेका उनले १२ वटा प्रहार गरे जसमध्ये चारवटा अन टार्गेट थियो। उनले स्वीडेनविरुद्ध दुई गोल र स्पेनविरुद्ध १ गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell