PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोभिसिल्डको पहिलो डोज लगाएकाले पछि भेरोसेल लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्लुएचओ



कोभिसिल्डको पहिलो डोज लगाएकाले पछि भेरोसेल लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्लुएचओ

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको 'कोभिसिल्ड' खोपको पहिलो डोज लगाएका व्यक्तिले दोस्रो डोज ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ।

“पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छ', डब्लुएचओले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'डब्लुएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झूटो हो। यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ।'

डब्लुएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell