PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतमा थपिए ५४ हजार कोरोना संक्रमित



भारतमा थपिए ५४ हजार कोरोना संक्रमित
Photo : IANS

भारतमा पछिल्लो २४ घण्टामा थप ५४ हजार ६९ जना कोराना भाइरस संक्रमित थपिएका छन्। यससँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड ८२ हजार ८७७८ पुगेको छ।

यस्तै, ६८ हजार ८८५ जनाको संक्रमण मुक्त भएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म भारतभर सक्रिय कोराना संक्रमितको संख्या ६ लाख २७ हजार ५७ पुगेको छ।

संक्रमणका कारण थप १ हजार ३२१ जनाको मृत्यु भएको छ। भारतमा हालसम्‍म ३ लाख ९१ हजार ९८१ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell