PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्डको प्रश्न : प्रधानमन्त्रीका लागि जे पनि गर्ने केपी र प्रधानमन्त्री पद सजिलै छोड्ने म कसरी उस्तै उस्तै ?



प्रचण्डको प्रश्न : प्रधानमन्त्रीका लागि जे पनि गर्ने केपी र प्रधानमन्त्री पद सजिलै छोड्ने म कसरी उस्तै उस्तै ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन अवसरवादी नभएको बताएका छन्। विपक्षी ५ दलले गरेको पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धनको आयु छोटो नभएको दाबी गरेका हुन्। उनले प्रधानमन्त्री बनाउन र हटाउनका लागि मात्रै गठबन्धन नबनेको जिकिर समेत गरे।

गठबन्धन चुनाव सम्म र त्यो भन्दा पनि पछि सम्मै टिकाउनका लागि सैद्धान्तिक सहमति भएको उनले बताए।

'गठबन्धनको सैद्धान्तिक पक्षमा धेरै छलफल गरेका छौ। यो गठबन्धन लामो समयसम्म टिकाउनका लागि छलफल गरिरहेका छौ' उनले भने,'हामीले लोकतन्त्रका रक्षा गर्नुपर्छ भन्ने प्रिन्सिपलका आधारमा राष्ट्रियताको रक्षाका लागि हामीले गठबन्धन बनाएका हौं।'

प्रचण्डले गठबन्धन बनाउनुको उद्देश्य राष्ट्रियता जोगाउनु भएको बताए। 'बेला बेलामा यसमाथि विभिन्न खालका चलखेल भएकै छन्। धेरै किसिमका जटिलता र चुनौती सहेर नेपाल अहिले यहाँ निर छ। जसले यो गठबन्धनलाई अलि परसम्म लैजान्छौ,' प्रचण्डले भने।

५ दलको गठबन्धन भित्र सबै दलको स्थिति उस्तै नभएको प्रचण्डले बताए। उनले कांग्रेस र माओवादी केन्द्र बाहेकमा अहिले अन्तरसंघर्ष चर्किरहेको बताए।

'५ दलको स्थिति एउटै छैन। नेकपा अहिले डिफ्याक्टो भएको छ। तीन पार्टी जस्तो भएको छ। ५ पार्टी मध्य सभापति शेर बहादुर देउवा र रामचन्द्र पौडेललाई पनि खास समस्या छैन्। एमाले भित्र माधव नेपालले विधान र संविधानका पक्षमा झण्डा उठाइ राख्नु भएको छ। माधव नेपालले परेको अप्ठेरोमा हामी सकारात्मक छौ,' उनले भने।

केपी ओलीले बयलगाडाको सिद्धान्त प्रतिपादन गर्दा माधव नेपाल गणतन्त्रका लागि संघर्ष गरिरहेकाले नेपालसँग आफ्नो सहकार्य भइरहेको प्रचण्डले बताए। उनले गठबन्धन प्रधानमन्त्री पदका लागि नभएको भन्दै आफूले ५ वर्षका लागि पाएको प्रधानमन्त्री छाडेको बताए।

'पाएको प्रधानमन्त्री छाडेको छु। मैले ५ वर्षकै लागि प्रधानमन्त्री पाउनेवाला थिए। कुर्सिको निम्ति जे पनि गर्ने ओली र म उस्तै उस्तै भए त,' उनले भने।

उनले आफू र प्रधानमन्त्री केपी शर्मा ओली उस्तै नभएको बताउँदै भने, 'प्रधानमन्त्री केपी ओली र हामी उस्तै उस्तै हौ त? सजिलै प्रधानमन्त्री छोडदिने म र प्रधानमन्त्री छोड्नुपरे म जे पनि गरिदिने केपी ओली उस्तै-उस्तै हौ त?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell