PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१२ हजार बढीको परीक्षण गर्दा २४७४ जनामा देखियो संक्रमण, २५१८ जना भए संक्रमणमुक्त



१२ हजार बढीको परीक्षण गर्दा २४७४ जनामा देखियो संक्रमण, २५१८ जना भए संक्रमणमुक्त

काठमाडौं : देशभर थप २ हजार ४ सय ७४ जनामा कोभड-१९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जनामा र ४ हजार ९९७ जनाको एन्टीजेन परीक्षण गर्दा ८९७ जनामा संक्रमण देखिएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ हजार ५१८ जना मुक्त भएका छन्। योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७९ हजार ४८९ पुगेको छ।  

संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell