PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्रीका निजी वकिलले सकाए बहस, सभामुखका वकिललाई बहस गर्न २ घण्टा समय



प्रधानमन्त्रीका निजी वकिलले सकाए बहस, सभामुखका वकिललाई बहस गर्न २ घण्टा समय

काठमाडौं : संवैधानिक इजलासमा सरकारी र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीहरुले बहस सकाएका छन्। ११ जना सरकारी वकिल र ओलीका २१ जना निजी वकिल १४ घण्टा बहस गरेका हुन्।

बहसका क्रममा उनीहरुले राष्ट्रपतिकको अधिकार अदालतले 'ओभरटेक' गर्न नमिल्ने, रिट खारेज हुनुपर्ने र विघटन संविधान बमोजिम भएको दलील पेश गरेका थिए।

ओलीका वकिलहरुले बहस टुंग्याएसम्म आजलाई बहस सकिएको छ। अब आइतबार सभामुखका वकिलले बहस गर्नेछन्। सभामुखका कानुन व्यवसायीहरुलाई बहसका लागि दुई घण्टाको समय दिइएको छ। यसअघि उनीहरुलाई बहसका लागि डेढ घण्टाको समय दिइएको थियो।

सभामुखका वकिलहरुले थप समय माग गरेपनि इजलासले त्यसलाई अस्वीकार गरेको थियो।

पछि सभामुखका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता श्याम खरेलले समय नदिने भए बहस नोट लिन कि दुई घण्टाको समय दिन इजलाससँग माग गरेका थिए।

सभामुख पक्षले समय नदिए बहस नगर्ने र बहस नोट बुझाउने भनेपछि इजलासले उनीहरुलाई दुई घण्टाको समय दिएको हो। आइतबार सभाखुका वकिलहरुले बहस गर्नेछन्। त्यसपछि एमिकस क्युरीले बहस गर्नेछ।

सम्बन्धित समाचार : सभामुख पक्षले बहसका लागि थप समय मागेपछि न्यायाधीशको जवाफ, 'डेढ घण्टा समय हो, थप्न मिल्दैन'

ओलीका निजी वकिलको निवेदकका वकिललाई प्रश्न : घरमा आमाहरू छन् कि छैनन्?

ओलीका निजी वकिल भन्छन् : राष्ट्रपतिको अधिकारलाई अदालतले रोक्न सक्दैन

देउवा पक्षको रिट खारेज हुनुपर्ने सरकारी पक्षको दलील, 'खै त प्रतिनिधि सभा पुनर्स्थापना हुँदा अविश्वासको प्रस्ताव आएको?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell