PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रतिनिधिसभा विघटन : निवेदकका वकिलले जवाफी बहस सकाए, एमिकस क्युरीको राय बहस सुरु



प्रतिनिधिसभा विघटन : निवेदकका वकिलले जवाफी बहस सकाए, एमिकस क्युरीको राय बहस सुरु

काठमाडौं : प्रतिनिधिसभा विघटन परेका रिटहरुमाथि संवैधानिक इजलासमा बहस सकिएको छ। आज निवेदकहरुले जवाफी बहस सकाएका हुन्। जवाफी बहसका लागि ३ घण्टा समय पाएका निवेदकका वकिलहरुले हिजो र आजमा बहस सकाएका हुन्।

आइतबार पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले निवेदकका तर्फबाट बहस गरेका थिए। आज हरिहर दाहाल, बद्री बहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरे।

निवेदकको बहस सकिएसँगै संवैधानिक इजलासमा एमिकस क्युरी (अदालतको सहयोगी) को राय बहस सुरु भएको छ।

सर्वोच्च बारबाट एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसी छन्।  नेपाल बारबाट भने राघवलाल वैद्य र उषामल्ल पाठकले बहस राय दिनेछन्। चारै जनालाई ३०/३० मिनेट गरि २ घण्टा बहस गर्न समय छुट्याइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell