PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'सुपरम्यान'का निर्देशक डनरको निधन



'सुपरम्यान'का निर्देशक डनरको निधन
फोटो : deadline.com

हलिउड फिल्म निर्देशक रिचर्ड डनरको निधन भएको छ। सुपरम्यान, लेथल वेपन, द गन्नीज्जस्ता चर्चित फिल्म निर्देशक डनरको ९१ वर्षको उमेरमा निधन भएको हो।

सोमबार उनको निधन भएको उनकी श्रीमती लरेन शुलर डनरले जनाएकी हुन्। उनको मृत्यको कारण भने पत्ता लाग्न सकेको छैन।

न्युयोर्कको ब्रोङ्क्समा जन्मिएका डनरले सन् १९६० को दर्शकबाट करियर सुरु गरेका हुन्। सुरुमा उनले टेलिभिजनको कार्यक्रमका लागि निर्देशन गरेका हुन्।  

तर डनरले सफलता भने सन् १९७० को दशकतिर पाएका थिए।

सन् १९७८ मा उनले बनाएको फिल्म 'सुपरम्यान' रिलिज भएको थियो। मार्वट किडर, मार्लन ब्रान्डो र नेड बिटी अभिनित फिल्म हलिउडमा ब्लकबस्टर सावित भएको थियो। फिल्म 'सुपरम्यान' लाई पहिलो आधुनिक सुपरहिरो फिल्ममा समेत लिइन्छ। यो फिल्मले अस्करको तीनवटा विधामा छनोट हुनुका साथै दृश्य इफेक्टमा यसले उत्कृष्ट फिल्मको अवार्डसमेत हात पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell