PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अभिनेता सिद्धार्थ मल्होत्रासँग छैन फिल्मको अभाव



अभिनेता सिद्धार्थ मल्होत्रासँग छैन फिल्मको अभाव
Photo : Bollywood Hungama

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा यतिखेर फिल्मको सुटिङमा निकै व्यस्त छन्। यसैबिच उनले करण जोहरको धर्मा प्रोडक्सन अन्तर्गत नयाँ फिल्ममा समेत 'साइन' गरेका छन्।

धर्मा प्रोडक्सनले निर्माण गर्न लागेको एक्सन प्रधान फिल्मका लागि सिद्धार्थ अनुबन्धित भएका हुन्। तर फिल्मको नाम भने खुलेको छैन।

यो फिल्मलाई एक नयाँ निर्देशकले निर्देशन गर्ने बताइएको छ। यसअघि पनि उनले धर्मा प्रोडक्सनकै फिल्म ‘शेरशाह’ मा पनि काम गरिरहेका छन्।

पछिल्लो समय सिद्धार्थसँग फिल्मको अभाव नभएको चर्चा बलिउड क्षेत्रमा रहेको छ। सिद्धार्थले हालै ‘मिशन मज्नु’ मा काम गरिसकेका छन्। यो फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री रश्मीका मन्दनाले काम गरेकी छिन्।

उनी अहिले फिल्म ‘थ्यांक गड’को छायाँकनमा पनि व्यस्त छन्। यो चलचित्रको छायांकन सकिएपछि उनले धर्माको नयाँ चलचित्रको काम सुरु गर्नेछन्।

केही बर्ष अगाडिसम्म निरन्तर असफल फिल्मका कारण उनको करिअर नै धरापमा थियो। तर, सिद्धार्थ अहिले भने लयमा फर्किने कोसिस गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell