PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लुम्बिनी प्रदेश सरकारले ल्याएको संचार विधेयकको विरोधमा प्रदेशसभा सचिवालय बाहिर धर्ना



लुम्बिनी प्रदेश सरकारले ल्याएको संचार विधेयकको विरोधमा प्रदेशसभा सचिवालय बाहिर धर्ना

बुटवल : लुम्बिनी प्रदेश सरकारले ल्याएको संचार विधेयकको विरुद्ध लुम्बिनीका संचारकर्मी आन्दोलित भएका छन्। आज लुम्बिनी प्रदेशसभा सचिवालय बाहिर उनीहरुले धर्ना समेत दिएका छन्।

प्रदेश सभामा दर्ता गरिएको विधेयकलाई 'निरंकुश' भन्दै उनीहरुले विधेयक फिर्ता गरि पुनर्लेखनको माग समेत गरेका छन्। धर्नामा सहभागी संचारकर्मीहरुले 'मिडिया विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रता जिन्दावाद, निरंकुश सञ्चार विधेयक फिर्ता गर' लगायतका प्लेकार्ड प्रस्तुत गरेका थिए।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले मिडिया एवं पत्रकारहरूलाई प्रवर्द्धन गर्नभन्दा पनि पत्रकारहरुलाई विभाजित गर्ने उद्धेश्यले प्रदेश सरकारले विधेयक पेश गरेको भन्दै विधेयक फिर्ता नभएसम्म आफूहरूको आन्दोलन नरोकिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell