PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रतिनिधिसभा पुनर्स्थापनापछि प्रचण्डले भने : प्रधानन्यायाधीश र न्यायाधीशहरु बधाईका पात्र हुन्



प्रतिनिधिसभा पुनर्स्थापनापछि प्रचण्डले भने : प्रधानन्यायाधीश र न्यायाधीशहरु बधाईका पात्र हुन्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्नुलाई जनताको जित भएको बताएका छन्।  

आज सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश दिएको छ। यसै विषयमा प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाएको बताएका छन्। प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापनालाई महत्पपूर्ण परिघटनाका रुपमा व्याख्या समेत गरेका छन्।

सर्वोच्चको फैसलालाई स्वागत गर्दै उनले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरु बधाईका पात्र भएको बताएका छन्।

'मेरो तर्फबाट, पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई हार्दिक बधाई तथा धन्यवाद पनि भन्न चाहन्छु। उहाँहरुले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाउनुभयो र न्यायालयको गरिमामयलाई पनि उँचो बनाउनुभयो। यसको लागि उहाँहरु बधाईको पात्र हुनुहुन्छ' प्रचण्डले भनेका छन्।

उनले पटकपटकको संसद विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता आजित भएको भन्दै सर्वोच्चको निर्णयलाई इतिहासले सम्मान गरिराख्ने बताएका छन्।

यस्तो छ सर्वोच्चको आदेश 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell