PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

गच्छदार र आलमको पोस्टरमा युवा संघले लगायो जुत्ताको माला

गच्छदार र आलमको पोस्टरमा युवा संघले लगायो जुत्ताको माला


काठमाडौं : नेकपा एमालेको भातृ संगठन युवा संघले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार र पूर्वमन्त्री मोहम्मद आफताव आलमको पोस्टरमा जुत्ताको माला लगाएको छ। युवा संघले बानेश्वरमा गच्छदार र आलमको पोस्टरमा जुत्ताको माला लगाएको हो।

ललिता निवास प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसभापति गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। गच्छदार बुधवार १० लाख धरौटि बुझाएर रिहा भएका छन्। त्यस्तै, रौतहटको राजपुर बमकाण्डका आरोपी आलम थुनामा छन्।

बानेश्वरको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारीहरु बबरमहल पुगेका थिए। बबरमहल पुगेर उनीहरुले गच्छदार र आलमको पोस्टर जलाएका थिए। त्यहाँ पनि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा दुई जना प्रदर्शनकारी घाइते भएका छनु।



ट्रेन्डिङ पोस्ट

Ncell