PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘आई सुट फर द कमन म्यान’ : दानिश सिद्दिकीको क्यामेरामा कैद भएका उत्कृष्ट फोटोहरु

‘आई सुट फर द कमन म्यान’ : दानिश सिद्दिकीको क्यामेरामा कैद भएका उत्कृष्ट फोटोहरु


भारतीय फोटो पत्रकार दानिश सिद्दिकी अफगानिस्तानमा मारिए। युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका क्रममा कंधार क्षेत्रमा पुगेका दानिश सुरक्षाकर्मीको समूहसँग नै थिए। त्यही बेला भएको आक्रमणमा उनको पनि मृत्यु भयो।

सिद्दिकी भारतमा रोयटर्स पिक्चर्स मल्टिमेडियाका प्रमुख थिए। केही दिनदेखि उनी अफगानिस्तानमा भइरहेको संघर्षको रिपोर्टिङ गरिरहेका थिए।

भूकम्पमा परि घाइते भएकी एक बालिकाको काठमाडौंस्थित एक अस्पतालमा उपचारको क्रममा पानीको बोतल डोरीले बाँधेर खुट्टामा झुण्डाइएको (अप्रिल २९, २०१५)

सिद्दिकीले आफ्नो ट्वीटरबाट अफगानिस्तानको अवस्थाबारे जानकारी साझा गर्दै आएका थिए। दिल्लीको जामिया मिलिल्लया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका सिद्दिकीले जामियाबाट नै मास कम्युनिकेसन रिसर्च सेन्टरबाट डिग्री पूरा गरेका थिए।

एक टेलिभिजन न्यूजमा संवाददाताका रुपमा काम शुरु गरेका उनी पछि मात्रै फोटो पत्रकारितामा प्रवेश गरेका थिए। सन् २०१० मा उनी रोयटर्समा इन्टर्नका रुपमा प्रवेश गरेका थिए। सन् २०१७ मा सिद्दिकीलाई पुलिजर पुरस्कार प्रदान गरिएको थियो।

रोयटर्समा प्रकाशित दानिश सिद्दिकीको क्यामेरामा कैद भएका उत्कृष्ट फोटोहरु :

बंगालको खाडी हुँदै डुंगामार्फत बंगलादेश-म्यानमारको सीमा कटेपछि समुन्द्रको किनारलाई छुँदै एक थकित रोहिंग्या आप्रवासी महिला (बंगलादेशको शाह पोरिर ड्वीपमा, सेप्टेम्बर ११, २०१७)
चेक पोस्टमा फसेका एक प्रहरी अधिकृतलाई उद्धार गर्ने क्रममा तालिबानसँग भिडन्त हुँदा क्षतिग्रस्त भएका अफ्गान स्पेशल फोर्सका सवारी (अफगानिस्तानको कन्दहर प्रान्तमा, जुलाई १३, २०२१)
प्योङ्याङ्स्थित एक चिडियाघरमा भ्रमणको क्रममा आइसक्रिम खाँदै एक सैनिक (उत्तर कोरिया, सेम्टेम्बर १२, २०१८)
अखारा भनिने परम्परागत रेस्लिङ सेन्टरमा अभ्यास गर्दै रेस्लरहरु (मुम्बई, मार्च ४, २०१४)
भारतको नयाँ दिल्लीस्थित एक घाटमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सामूहिक रुपमा दाहसंस्कार गरिँदै (अप्रिल २२, २०२१)
इराकको पश्चिम मोसुलस्थित स्लामिक स्टेटका लडाकुहरुसँग भिडन्त हुँदा ह्याण्ड ग्रिनेड फाल्दै इराकी फेडेरल पुलिसका एक अधिकारी (अप्रिल २९, २०१७)
मुम्बईको एक कटन फ्याक्ट्रीमा काम गर्दै एक कामदार (जुन ४, २०१०)
भारतको नयाँ दिल्लीस्थित एक घाटमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको शव जलाइदै (अप्रिल २४, २०२१)
बंगलादेशको कोक्स बजारको बालुखालीस्थित आप्रवासी क्याम्प नजिक रहेको रुखमा रोहिंग्या आप्रवासीहरुको पैसा चोरेको आरोपमा एक व्यक्तिलाई बाँधिएको (सेम्टेम्बर १३, २०१७)
मुम्बईमा एक परम्परागत रेस्लिङको क्रममा रेस्लरले पसिनाले हात नचिप्लियोस् भनेर हातमा माटो दल्दै (फेब्रुअरी १४, २०१२)
भारतको देवप्रयागस्थित गंगेस नदीको किनारमा पूजा गर्ने क्रममा एक गुफामा रहेका हिन्दू पुजारीहरु (मार्च, २०१७)
भारतको गाजियावादस्थित गुरुद्वारमा श्वासप्रश्वासमा कठीनाइ भई आफ्नो कारमा अक्सिजन लिँदै गरेकी आमा विद्या देवीको छेउमा बसेका उनका छोरा मनोज कुमार (अप्रिल २४, २०२१)
नयाँ नागरिकता कानुनको विरोधमा नयाँ दिल्लीको जमिया मिलिया विश्वविद्यालय बाहिर भएको आन्दोलनमा गोली तेर्साउँदै एक व्यक्ति (जनवरी ३०, २०२०)
भारतको प्रयागराजमा कुम्भ मेलाको क्रममा आफ्नो क्याम्पभित्र भक्तजनलाई कुर्दै एक नागा साधु (जनवरी १७, २०१९)
मुम्बईको मराठा मन्दिर थियटरमा शाह रुख खान अभिनित फिल्म दिलवाले दुल्हनिया ले जाएंगे हेर्दै एक व्यक्ति (डिसेम्बर ११, २०१४)
इराकको पश्चिम मोसुलमा इराकी काउन्टर टेरोरिज्म सर्भिस फोर्स र इस्लामिक स्टेटका लडाकुबीच भिडन्त हुँदा विस्थापित इराकी नागरिकहरु (मे १५, २०१७)
मुम्बईस्थित अरेबियन सीको किनारमा सिगुल्सहरुलाई चारा खुवाउँदै एक व्यक्ति (फेब्रुअरी ९, २०१६)
कोरोना महामारीका बीच बिहारको भगलपुरस्थित जवाहरलाल नेहरु मेडिकल कलेज एण्ड हस्पिटलमा मास्क लगाएर एमर्जेन्सी वार्डमा भर्ना भएका एक व्यक्ति (जुलाई २७, २०२०)
हङकङमा सिभिल ह्युमन राइट फ्रन्टले आयोजना गरेको ह्युमन राइट्स डे मार्चमा मास्क लगाएका एक प्रदर्शनकारी झण्डा हल्लाउँदै (डिसेम्बर ८, २०१९)
नयाँ दिल्लीमा भएको नयाँ नागरिकता कानुनको विरोध प्रदर्शनको क्रममा कानुनको समर्थकहरुले एक मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गर्दै (फेब्रुअरी २४, २०२०)


ट्रेन्डिङ पोस्ट

Ncell