PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कांग्रेस क्रियाशीलको किचलो : वितरणमा न्याय नमिलेको भन्दै सानेपामा तीन नेताले थाले आमरण अनशन

कांग्रेस क्रियाशीलको किचलो : वितरणमा न्याय नमिलेको भन्दै सानेपामा तीन नेताले थाले आमरण अनशन


काठमाडौं : महाधिवेशन नजिकिए पनि नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको छैन। क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले विवाद टुंगोमा लागिसकेको बताए पनि नेता तथा कार्यकर्ताले अनसन बस्न छाडेका छैनन्।

यही विवाद शुक्रवार कुटाकुटमासमेत परिणत भएको थियो। शुक्रवार पशुपतिस्थित धर्मशालामा पुगेर सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले केन्द्रीय सदस्य एवं छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात नै गरे। बस्नेतलाई ३ दिनभित्र कारवाहीको दायरामा ल्याउन पार्टी सभापति शेरबहादुर देउवालले अनुशासन समितिलाई निर्देशन दिइसकेको छ।

यता धनुषाका नेताहरुले आफ्नो माग सुनुवाई नभएको भन्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजबाट आमरण अनशन थालेका छन्। पूर्व सांसद डा चन्द्रमोहन यादवको नेतृत्वमा आमरण अनसन शुरु भएको हो। उनलाई महासमिति सदस्य रामपल्टन र तरुण दलका जिल्ला सदस्य दिनेश नायकले साथ दिएका छन्।

यादवले कांग्रेस क्रियाशील छानबिन समितिका सदस्यसमेत रहेका आनन्द ढुंगानाले मधेशको अस्मितामै खेलवाड गरेको आरोप लगाए। 'नाम छ एउटाको, क्रियाशील सदस्यताको नम्बर छ अर्काको। आनन्दप्रसाद ढुंगानाले २ नम्बर प्रदेशको अस्मितामाथि नै खेलवाड गरेको छ,' आमरण अनशन थालेपछि उनले भने। ६ दिनदेखि अनशन थाल्दासमेत नेतृत्व कानमा तेल हालेर बसेको उनले दाबी गरे।

नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान, नियमावली एवं केन्द्रीय परिपत्र विपरित प्रकृया मिचेर जिल्लामा सदस्यता वितरणमा व्यापक धाँधली भएको पार्टीको तहगत निर्णय नगरी एक पक्षीय रुपमा नयाँ क्रियाशील सदस्यता वितरणमा भएको विधान विपरित कार्यविरुद्ध नेताहरु एवं कार्यकर्ताहरु लगातार धर्नामा बसी पार्टी श्रोतको गम्भीर ध्यानाकर्षण गराउँदा पनि यथोचित सम्बोधन र चासो नदिएको उनीहरुको आरोप छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell