PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राज कुन्द्रामाथि पुनम पाण्डेले लगाइन् शोषण गरेको आरोप



राज कुन्द्रामाथि पुनम पाण्डेले लगाइन् शोषण गरेको आरोप

भारतीय व्यवसायी राज कुन्द्रामाथि अभिनेत्री एवम् मोडल पुनम पाण्डेले शोषण गरेको आरोप लगाएकी छिन्। अश्लील फिल्म  बनाएर विभिन्न एपमा रिलिज गरेको अभियोगमा सोमवार राति मुम्बई प्रहरीले कुन्द्रलाई पक्राउ गरेको थियो।

कुन्द्रा प्रकाउ परेसँगै अभिनेत्री पुनम पाण्डेले पनि राज कुन्द्राले आफूमाथि शोषण गरेको आरोप लगाएकी हुन्।

अभिनेत्री शिल्पा सेट्टीका श्रीमान कुन्द्रले पुनमलाई आफूले चाहे जसरी फोटोसुट गर्नु पर्ने माग राखेको र त्यस्तो नगरेको खण्डमा पर्सनल सुचना लिक गरिदिने धम्की समेत दिएका दाबी पुनमले गरेकी छिन्।

पुनमले आफूले प्रस्ताव अस्वीकार गरेपछि कुन्द्राले आफ्नो पर्सनल नम्बरको गलत प्रयोग गरेको समेत बताएकी छिन्। जसकारण केही समय देश नै छाड्नु परेको उनले बताएकी छिन्।

पुनमले सन् २०१९ मा राज कुन्द्रा र उनका सहयोगीहरु विरुद्ध उजुरी समेत दिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell