PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनाको मारमा कलाकार : ७० प्रतिशत पारिश्रमिक घटाएर काम गर्दै भारती सिंह



कोरोनाको मारमा कलाकार : ७० प्रतिशत पारिश्रमिक घटाएर काम गर्दै भारती सिंह
Photo: tribuneindia.com

कोरोना महामारीका कारण मनोरञ्जन क्षेत्र नराम्ररी थला परेको छ। जसकारण टेलिभिजन तथा फिल्ममा काम गर्ने कलाकारहरुले आर्थिक समस्या झेल्नुपरेको छ। काम नहुँदा धेरै कलाकारहरु बेरोजगार भएका छन्। साथै काम पाएका कलाकारहरुले पनि कम पारिश्रमिकमा काम गर्नु पर्ने बाध्यता छ।

यसैबीच, भारतीय कमेडियन भारती सिंहले पनि आफूले अहिलेको अवस्थामा पारिश्रमिकमा भारी कटौती गरेको कुरा स्वीकारेकी छिन्। उनले ‘डान्स दिवाने’ होस्ट गर्नका लागि आफूले ७० प्रतिशत पारिश्रमिक कम गरेको खुलाएकी छिन्।

साथै ‘द कपिल शर्मा शो’ फेरि शुरु हुने खबरले भारती निकै खुसी छिन्। उनले ‘द कपिल शर्मा शो’का लागि पनि आफ्नो पारिश्रमिक आधा घटाएकी छिन्। लामो समयदेखि काम गरिरहेको संस्थालाई समस्यामा पर्दा मद्दत गर्नुपर्ने भारतीको तर्क छ।

‘यो समस्या मेरो मात्र होइन। अधिकांश कलाकारले पारिश्रमिक घटाउनु परेको छ। पारिश्रमिक घटाएर काम गर्न धेरै पटक अस्विकार पनि गरेँ। तर, मेरो अडान काम लागेन। फेरि अहिले टीभी कार्यक्रमका लागि विज्ञापनदाता पाउन पनि मुस्किल छ,’ उनले भारतिय मिडियासँगको कुराकानीमा बताएकी छिन्।

घर चलाउनका लागि भएपनि कम पारिश्रमिकमा काम गर्न थालेको समेत उनले बताइन्। साथै अवस्था सामान्य भएसँगै पारिश्रमिक बढेर जाने भारतीले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell