PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गायिका कुसुम गुरुङको स्वरमा ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक



गायिका कुसुम गुरुङको स्वरमा ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक

गायिका कुसुम गुरुङको ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक भएको छ।

मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङको शब्द रहेको गीतमा कुसुमले नै स्वर भरेकी छिन्। साथै गीतमा दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको छ।

मदन पुरस्कार विजेता सर्जकको गीतमा स्वर भर्न पाउनु ठूलो भाग्यको कुरा रहेको कुसुमले बताइन्।

कुसुमले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन्। कुसुमलाई कोरसमा गायिकाद्वय सविना योङहाङ र सुनिता संयकले साथ दिएका छन्।

भिडियो मिराज अर्यालले तयार पारेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell