PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

ट्युनिसियाका राष्ट्रपतिले संसद निलम्बन गर्दै प्रधानमन्त्रीलाई गरे बर्खास्त, विपक्षीद्वारा 'कू' को संज्ञा



ट्युनिसियाका राष्ट्रपतिले संसद निलम्बन गर्दै प्रधानमन्त्रीलाई गरे बर्खास्त, विपक्षीद्वारा 'कू' को संज्ञा
Photo : REUTERS

ट्युनिसियाका राष्ट्रपति काएस साइदले संसद निलम्बन गर्दै प्रधानमन्‍त्री हिचेम मिशिशीलाई बर्खास्त गरेका छन्। देशभर सरकारविरुद्ध विरोध भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउँदै संसद विघटन गरेका हुन्।

सरकारले कोभिड १९ संक्रमण नियन्त्रण गर्न चालेका कदमप्रति असन्तुष्टि जनाउँदै केहीदिन यता प्रदर्शन भइरहेको थियो। प्रधानमन्त्रीलाई बर्खास्त र संसद विघटनको माग गर्दै प्रदर्शनकारीहरुले आइतबार गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा कयौं घाइते भएका थिए। अवस्थालाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो।  

राष्ट्रपति साइदले नयाँ सरकार गठन गर्न आफूले सहयोग गर्ने बताएका छन्। उनले आफूले देशमा शान्ति भएको हेर्न चाहेको बताएका छन्। तर, विपक्षी दलहरुले भने राष्ट्रपतिको कदमलाई 'कू' को संज्ञा दिएका छन्।

प्रधानमन्त्री मिशिशी बर्खास्त भएपछि प्रदर्शनकारीहरुले सडकमा विजय जुलुस निकालेका थिए। राष्ट्रपति साइद सडकमै पुगेर प्रदर्शनकारीहरुको जुलुसमा साथ उपस्थित भएका थिए।

राष्ट्रपति साइदे थप प्रदर्शन भए अब सेना परिचालन गर्ने चेतावनी समेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell