PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

लागुऔषधसहित वीरगंजबाट एक युवक पक्राउ



लागुऔषधसहित वीरगंजबाट एक युवक पक्राउ

वीरगंज : पर्सा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज-२४ रामगढवाका २६ वर्षीय अफरोज मियाँ अन्सारी रहेका छन्।

पर्सा प्रहरीको टाइगर टोलीले आइतवार बेलुका ७ बजे वीरगंज-१६ ईनार्वा चौतारो नजिकबाट उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए।

उनले बोकेको झोलाबाट २/२ सय नुर्फिन, डाइजोपाम, फेनारगनलगायत भेटिएपछि लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell