PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भोजपुरी फिल्मको सुटिङमा घाइते भए विराज भट्ट



भोजपुरी फिल्मको सुटिङमा घाइते भए विराज भट्ट

अभिनेता विराज भट्ट भोजपुरी फिल्मको छायाँकनको क्रममा घाइते भएका छन्।

भारत सरकारले फिल्म सुटिङको अनुमति दिएसँगै भारतमा फिल्म छायाँकन हुने क्रम जारी छ। यसैबिच विराज पनि भोजपुरी फिल्म 'आक्रोश' को छायाँकन गर्न एकसाता अघि भारतको लखनउ पुगेका थिए।

भोजपुरी फिल्म 'आक्रोश' मा एक्सन सिनमा काम गर्दा उनको बायाँ खुट्टाको घुँडामा चोट लागेको हो। विराजले सुटिङमा घाइते भएपछि हाल आराम गरिरहेको बताएका छन्।

घुँडा भित्र रगत जमेकाले चिकित्सकले उनलाई केही साता आराम गर्न सल्लाह दिएका छन्। विराज घाइते भएसँगै अहिले फिल्मको छायांकन समेत रोकिएको छ।

सन्दीप सिंहले निर्देशन गरिरहेको उक्त फिल्ममा प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगर लगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell