PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चलचित्र विकास बोर्डले माग्यो ‘स्टोरी बैँक’का लागि कथा/पटकथा



चलचित्र विकास बोर्डले माग्यो ‘स्टोरी बैँक’का लागि कथा/पटकथा

काठमाडौं : चलचित्र विकास बोर्डले मौलिक तथा कलात्मक चलचित्र निर्माणका लागि कथा/पटकथा पठाउन आह्वान गरेको छ।

बोर्डले मंगलबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै इच्छुक फिल्मकर्मीबाट मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचान बोकेको कथा/पटकथाको माग गरेको हो

बोर्डले यसरी प्रतिस्पर्धामा आएका कथामध्ये केहीलाई छानेर सहनिर्माण गर्ने र लेखन प्रक्रियामा पनि आवश्यकताअनुसार विशेषज्ञता उपलब्ध गराउने जनाएको छ। साथै, छनोट भएर निर्माण भएका फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा गैरव्यवसायिक प्रदर्शनलाई प्रोत्साहन गरिने समेत बताइएको छ।

यो प्रतियोगितामा सहभागी हुन खोज्ने लेखकले सूचना प्रकाशित भएको ६० दिनभित्र आफ्ना कथा बुझाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ।

स्वदेशी तथा मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने उद्देश्यले बोर्डले गत वर्ष नै ‘स्टोरी बैंक कार्यविधि २०७७’ ल्याएको थियो।

पहिलो साल बोर्डले ‘स्टोरी बैंक’का लागि प्राप्त भएका कथा मध्येबाट छानिएका ५ मौलिक कथालाई निर्माणमा सघाउने घोषणा गरेको थियो। यो साल भने बोर्डले थप ५ फिल्मलाई निर्माणमा सघाउने बताएको छ।

दोस्रो वर्षको लागि सूचना प्रकाशित भइसके पनि पहिलो वर्षका विजेता कथाको भने नाम घोषणा भएको छैन। बोर्डले केही दिनमै यसको घोषणा गर्ने समेत जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell