PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओटीटी प्ल्याटफर्ममा रिलिज हुँदै धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’



 ओटीटी प्ल्याटफर्ममा रिलिज हुँदै धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’

काठमाडौं : कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेको निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ। सुविहानी फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा सिताराम र कुन्जना टेलिसिरियल 'मेरी बाँस्सै' कै धुर्मुस-सुन्तलीको भुमिका र गेटअपमा देखिएका छन्।

‘म त मर्छु कि क्या हो’ पारिवारिक तथा सामाजिक विषयवस्तुमाथि आधारित फिल्म हो। यो फिल्मको कथा/पटकथा समेत धुर्मुस-सुन्तलीले नै लेखेका हुन्। व्यवसायिक कथामा केन्द्रित फिल्ममा व्यवसाय गर्दा भोग्नुपर्ने उचारचडावलाई देखाइएको कलाकार सीताराम कट्टेलले जानकारी दिए।

कोरोनाको महामारीले गर्दा फिल्म क्षेत्र नराम्ररी थला परेको छ। अहिले हलहरु समेत खुल्न सकेका छैनन्। ‘म त मर्छु कि क्या हो’ फिल्म भने ओटीटी प्लेटफर्मका लागि तयार पारिएको समेत उनले जानकारी दिए।

'हलहरु खुल्न नसकेको अवस्थामा फिल्म क्षेत्रलाई चलायमान बनाउन ओटीटी प्लेटफर्म निकै महत्वपुर्ण हुन्छन्। त्यसैले अहिलेको अवस्था हेरेर यो फिल्म निर्माण गरेका हौँ। यो फिल्म घरमै बसेर एपमा हेर्नका लागि तयार पारिएको हो' उनले सुनाए।

लामो समयको अन्तरालपछि टेलिभिजनमा 'मेरी बाँस्सै' धुर्मुसकै पात्रमा देखिन पाउँदा निकै खुसी लागेको सीतारामले बताए। भन्छन् 'यो फिल्ममा पनि टेलिसिरियलमा मेरी बाँस्सैकै धुर्मुस- सुन्तलीलाई देख्न पाइनेछ। टेलिभिजनका र फिल्मका दर्शकका लागि बनाइएको फिल्म हो।'

पहिलो लकडाउन खुलेपछि गत वर्ष पुस र माघमा चितवनका विभिन्न ठाउँमा फिल्म छायाँकन गरिएको थियो।

यो फिल्म 'ओ हो मुभि' एपबाट २७ अगष्टमा रिलिज हुनेछ। यो फिल्म 'ओ हो मुभि' कै लगानीमा निर्माण भएको हो। फिल्ममा सिताराम कट्टेल र कुञ्जना घिमिरे को साथै रवि गिरी, बुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय छ। फिल्मममा धुर्मुस-सुन्तलीको नै निर्देशन रहेको छ।

पछिल्लो समय धुर्मुस सुन्तली भरतपुरको चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन्। धुर्मुस-सुन्तलीले कोरोना अगाडि फिल्म ‘सेन्टीभाइरस’ समेत निर्माण गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell