PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

झुटो विवरण पेश गरि नागरिकता बनाउने दुईजना पक्राउ



झुटो विवरण पेश गरि नागरिकता बनाउने दुईजना पक्राउ

वीरगंज : झुटो विवरण पेश गरि नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको बहुदरमाई–२ का ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर भएर बहुदरमाई–२ मा बस्ने कविता कुमारी भनिने सीता पटेल रहेकी छिन्।

भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नामबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुस ११ गते नागरिकता बनाउँदा धुरुप नक्कली बुबा बनेको अनुसन्धानबाट खुलेको थियो। अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय श्रीपुरले बिहीवार वीरगंज १३ श्रीपुरस्थित डेराबाट दुवैलाई पक्राउ गरेको थियो।

पक्राउ परेका दुवै जनालाई नागरिकता सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell