PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने जसपाको निर्णय, नवराज सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन



संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने जसपाको निर्णय, नवराज सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन

काठमाडौं : जनता समाजवादी पार्टीले भदौ १ गतेदेखि मंसिर मसान्तसम्म ‘संगठन सुदृढीकरण र जनजागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो।

‘संगठन सुदृढीकरण र जनजागरण अभियान’ सञ्चालनका लागि कार्यकारिणी सदस्यहरूको अभियान केन्द्रित अस्थायी कार्यविभाजन समेत गरिएको छ। जसअनुसार केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखको जिम्मा नरसिंह चौधरीलाई दिने निर्णय बैठकले गरेको छ।

त्यस्तै, अनुशासन सम्बन्धी छानबिन गर्नका लागि नवराज सुवेदीको संयोजकत्वमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ सदस्य रहने छानबिन समिति गठन समेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell