PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

डेल्टा भेरियन्ट 'चिकन पक्स' जस्तै सजिलै सर्न सक्छ, भ्याक्सिन लगाएकाले पनि मास्क लगाउन पर्छ : सीडीसीको रिपोर्ट



डेल्टा भेरियन्ट 'चिकन पक्स' जस्तै सजिलै सर्न सक्छ, भ्याक्सिन लगाएकाले पनि मास्क लगाउन पर्छ : सीडीसीको रिपोर्ट
Photo : NIDC

कोभिड १९ को डेल्टा भेरियन्ट 'चिकन पक्स' जस्तै सजिलै सर्न सक्ने एक अध्ययनले देखाएको छ।  अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को आन्तरिक रिपोर्टमा डेल्टा भेरियन्टले मानिसलाई गम्भीर बनाउने र यो चिकन पक्स जस्तै सर्ने उल्लेख भएको सीएनएनले जनाएको छ।

उक्त रिपोर्ट सार्वजनिक भएको छैन। यद्यपि, सीडीसीका निर्देशक डा रोचेल वालनेस्कीले रिपोर्ट प्रमाणित नै भएको बताएकी छिन्। यो रिपोर्टबारे वासिङटन पोस्टम पहिलोपटक समाचार प्रकाशन भएको थियो।

'यो निकै गम्भीर छ। यो धेरै छिट्टो सर्ने भाइरस हो' उनले भनिन्।

उक्त रिपोर्टमा कोभिड १९ विरुद्ध खोप लगाएकाहरुबाट पनि खोप नलगाएकाबाट झै भाइरस सर्न सक्ने उल्लेख भएको बताइएको छ। सीडीसीले शुक्रवार रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ। जसमा भ्याक्सिन लगाएकाहरुका लागि यसअघि बनाइएको मापदण्ड परिवर्तन गर्न सुझाव दिइएको छ।

रोचेलले भ्याक्सिनको डोज पूरा गरेका सबैले अनिवार्य मास्क लगाउनुपर्ने समेत बताएकी छिन्। बन्द कोठा वा हावाको गति कम हुने स्थान जहाँबाट संक्रमण सर्न सक्ने सक्छ ती स्थानमा मास्क अनिवार्य हुनुपर्ने उनले बताएकी हुन्।   

विद्यालयमा विद्यार्थी, शिक्षक लगायत सबैले पनि अनिवार्य मास्क लगाउनपर्नेमा उनले जोड दिएकी छिन्।

सीडीसीका अनुसार डेल्टा भेरियन्टबाट संक्रमित एक व्यक्तिले औशतमा ८ देखि ९  जनासम्मलाई संक्रमित गर्न सक्छ। यसअघि 'कमन कोल्ड' को रुपमा झै संक्रमितले एक वा दुईजनालाई संक्रमित बनाउन सक्ने बताइएको थियो।

हाल अमेरिकामा भ्याक्सिनको पूरा डोज लगाएलाई मास्क अनिवार्य गरिएको छैन। तर रिपोर्टमा भ्याक्सिन लगाएको व्यक्तिमा भ्याक्सिन नलगाएका व्यक्तिको शरीरमा जस्तै भाइरस रहने उल्लेख भएको बताइएको छ। यसबाट भ्‍याक्सिन नलगाएकाहरु सजिलै संक्रमित हुन सक्छन्। त्यसैले भ्याक्सिन लगाएकालाई मास्क अनिवार्य गर्न सीडीसीले प्रस्ताव गर्ने तयारी गरेको छ।

रिपोर्टमा भ्याक्सिन लगाएकाहरु भने सुरक्षित नै देखिएको दाबी गरिएको छ।

'भ्याक्सिनले गम्भीर बनाउनबाट ९० प्रतिशत रोक्छ। तर संक्रमण सार्नबाट रोक्न भने सक्दैन' रिपोर्टमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell