PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संचारमाध्यम र सामाजिक संजालविरुद्ध शिल्पा शेट्टीले हालिन् मानहानी मुद्दा, २० करोड क्षतिपूर्ति माग



संचारमाध्यम र सामाजिक संजालविरुद्ध शिल्पा शेट्टीले हालिन् मानहानी मुद्दा, २० करोड क्षतिपूर्ति माग
Photo : DNA INDIA

बलिउड अभिनेत्री शिल्पा शेट्टीले सामाजिक संजाल र संचारमाध्यममा आफूविरुद्ध झुटा र भ्रामक समाचार सम्प्रेषण भएको भन्दै मानहानी मुद्दा दर्ता गरेकी छिन्। सामाजिक संजाल र संचारमाध्यममा आएका समाचारविरुद्ध उनले उच्च अदालतमा मानहानीको मुद्दा हालेकी हुन्।

अश्लील फिल्म बनाएर विभिन्न एपमा रिलिज गरेको आरोपमा शिल्पाका श्रीमान राज कुन्द्रालाई प्रहरीले दुईसाताअघि पक्राउ गरेको थियो। राजलाई थप अनुसन्धानका लागि अदालतले न्यायीक हिरासतमा पठाएको छ। साथै, शिल्पासँगपनि प्रहरीले सवालजवाफ गरेको थियो।

प्रहरीमा शिल्पाले श्रीमान राज कुन्द्रा निर्दोष रहेको र आफूहरुलाई फसाउन खोजिएको समेत बताएको मिडिया रिपोर्ट सार्वजनिक भएको थियो। साथै प्रहरीले घरमा छापा मार्दा शिल्पाले रुँदै राजसँग बाझाबाझ गरेको रिपोर्ट समेत सार्वजनिक भएको थियो। राज पक्राउ परेसँगै विभिन्न भारतीय संचारमाध्यममा शिल्पाका बारेमा समाचार प्रकाशन भइरहेका छन्। साथै, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा पनि शिल्पाको छवी बिगार्ने गरि पोस्टहरु भएका छन्। त्यसैको विरुद्ध शिल्पा अदालत पुगेकी हुन्।

शिल्पाले कुन्द्र मुद्दाबारे आफ्नो बारे गलत रिपोर्टिङ गर्ने २९ जना संचारकर्मी र संचारमाध्यमको नाम उल्लेख गरेकी छिन्। उनले संचारमाध्यमसँगै फेसबुक, इन्स्टाग्राम लगायत सामाजिक संजालविरुद्ध समेत मुद्दा दर्ता गरेकी छिन्। शिल्पाले सामाजिक संजालमा आफ्नाविरुद्ध आएका पोस्टहरु हटाउन माग गरेकी छिन्।

शिल्पाले मानहानीमा विपक्षी बनाएकाहरुबाट २० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति मागदाबी गरेकी छिन्। साथै, मानहानी मा दर्ता भएको दिनदेखि वर्षको १४ प्रतिशत ब्याजसमेत माग गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell