PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मदन पुरस्कार-२०७७ का लागि ९ वटा पुस्तकहरू छनोट



मदन पुरस्कार-२०७७ का लागि ९ वटा पुस्तकहरू छनोट

काठमाडौं : मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७७ का लागि विभिन्न ९ वटा पुस्तकहरू छनोट गरेको छ। पुरस्कारका लागि कुल २२२ पुस्तकहरू प्राप्त भएको भन्दै जसबाट पुस्तकहरुको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ वटा पुस्तकको नाम उपलब्ध गराएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको एउटा आधार बनाइएको थियो। छनोटमा परेका यी पुस्तकहरु मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार अर्पण गरिनेछ।’

छनोट हुने पुस्तकहरुमा गिरी श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प-ग्रन्थ’, भैरव बहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’ रहेका छन्। त्यस्तै, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’ पनि मदन पुरस्कार-२०७७ का लागि छनोटमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell