PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सरकारको प्राथमिकता खोप खोप खोप भनियो, त्यही अनुसार काम हुनुपर्‍यो नि : प्रकाशमान सिंह



सरकारको प्राथमिकता खोप खोप खोप भनियो, त्यही अनुसार काम हुनुपर्‍यो नि : प्रकाशमान सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोभिशिल्डको दोस्रो डोज लगाउन नपाएका नागरिकका लागि तत्काल खोप उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। ‘हाम्रो मित्र युवा समूह’ले शनिबार काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा सिंहले कोभिशिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो पूरा गर्न सरकारले ध्यान दिनु पर्नेमा जोड दिनुपर्ने बताएका हुन्।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड अस्ट्राजेनेकाको कोभिशिल्डको पहिलो डोज लगाएका लाखौं मानिस दोस्रो डोजको पर्खाईमा छन्। भारतले खोप निर्यात नगर्दा उनीहरुले खोप लगाउन नपाएका हुन्। जापानले उत्पादन गरेको अस्ट्राजेनेका खोप ल्याएर उनीहरुलाई लगाउन तयारी सरकारको छ। 

सिंहले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई पुर्‍याउन सरकारले प्राथमिकता दिएपनि सोही अनुसारको काम गर्न नसकेको भन्दै गुनासो व्यक्त गरे। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोप भनेको स्मरण गराउँदै उनले सोही अनुसारको काम गरेर देखाउन आग्रह गरे।

'प्रधानमन्त्रीज्यूले संसदमा समेत आफनो पहिलो प्राथमिकता पनि खोप हो, दोस्रो प्राथमिकता पनि खोप हो, तेस्रो प्राथमिकता पनि खोप हो भन्नु भएको छ। अब त्यही अनुसारको कदम चाल्नु पर्‍यो नि। कामबाटै उहाँले गर्नु भएको प्रतिवद्धता पूरा गरेर देखाउन पनि ध्यानाकर्षण गराउन चाहन्छु' सिंहले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell