PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ छैन भनिरहँदा विघटित कार्यदल भने एकतालाई टुंगोमा पुर्‍याउन छलफलमा



ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ छैन भनिरहँदा विघटित कार्यदल भने एकतालाई टुंगोमा पुर्‍याउन छलफलमा

काठमाडौं : नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्। 

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन। 

'पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानु पर्छ' बैठकपछि सचिव गोकर्ण विष्टले भने, 'अब ढिला गर्नुको अर्थ पार्टीमा एक पछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो।' 

उनले १० बूँदे सहमति र दुई अध्यक्षको प्रसंग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अपरान्ह पार्टीको स्थायी समिति बैठक बोलाउनु भएका छन्। आजै एक कार्यक्रममा ओलीले नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताउँदै अरु नेताहरुलाई भने स्वागत गर्न तयार रहेको बताएका थिए।

नेता रघुजी पन्तले आज अपरान्ह बोलाइएको स्थायी समिति बैठकमा सहभागी हुनेबारे छलफल नभएको बताए। 

'हाम्रो सम्पूर्ण छलफल पार्टी एकताको विषयमा मात्रै केन्द्रित भयो' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell