PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

देशभर थपिए ३१०६ कोरोना संक्रमित, २३ जनाको मृत्यु



देशभर थपिए ३१०६ कोरोना संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं : देशभर थप ३ हजार १०६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। ९ हजार २६३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २८० जनामा र ४ हजार २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ८२६ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। हाल देशभर करिब ३१ हजार ३०० सक्रिय कोरोना संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा मात्रै ८ हजार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। 

यस्तै, थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म देशभर ९ हजार ८५६ जनाको मृत्यु भइसकेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell