PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

महाकाली, कन्काई र बबईमा बहाव बढ्न सक्ने, यस्तो छ आजको बाढी पूर्वानुमान बुलेटिन 



महाकाली, कन्काई र बबईमा बहाव बढ्न सक्ने, यस्तो छ आजको बाढी पूर्वानुमान बुलेटिन 
असार १ गते मेलम्चीमा गएको बाढी पछिको दृश्य। FILE PHOTO

काठमाडौं : जल तथा मौसम विभागले आज महाकाली नदीमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ। विभागले त्यसैले  कन्काई र बबईमा समेत बहाव बढ्न सक्ने बताएको छ। 

विगत केही दिनयता देशका विभिन्न भागमा लगातार भइरहेको वर्षाका कारण नदीको जल सतह बढ्दै गएको छ। त्यसैले विभागले नदीको तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

वाग्मती प्रदेशको सिन्धुपाल्चोकको मेलम्चीमा शनिवार राति फेरि बाढी जाँदा केही घरमा क्षति पुगेको छ। अहिले पनि त्यहाँ पानीको बहाव बढेको बताइएको छ। 

विभागले  केही नदीमा आकस्मिक बहाव (फ्ल्यास फल्ड) आउने सक्ने समेत उल्लेख गरेको छ। 

यस्तै, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव कायम नै रहेको जनाएको छ।  आइतबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदूर पश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell