PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

८ महिनापछि ब्राजिलमा संक्रमणका कारण एकैदिन मृत्यु हुनेको संख्या एक हजारभन्दा कम 



८ महिनापछि ब्राजिलमा संक्रमणका कारण एकैदिन मृत्यु हुनेको संख्या एक हजारभन्दा कम 
File Photo : Lucas Landau/Reuters

ब्राजिलमा करिब ८ महिनापछि एकैदिन कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार भन्दा तल पुगेको छ। पछिल्लो २४ घण्टामा ब्राजिलमा ९१० कोरोना संक्रमितको मृत्यु भएको छ। 

जनवरी २० मा ब्राजिलमा ९८१ जनाको मृत्यु भएको थियो। त्यसयता प्रत्येक दिन एक हजारभन्दा बढी संक्रमितको मृत्यु हुँदै आएको थियो। 

ब्राजिलमा कोरोना भाइरसको दोस्रो लहरले धेरै क्षति गरेको छ। हजारौंमा संक्रमण देखिँदा हजारौंको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमणका कारण पछिल्लो एक हप्ताामा दैनिक ९०० भन्दा बढीको मृत्यु भएको छ।

ब्राजिलको स्वास्थ्य क्षेत्र नै संक्रमणका कारण अस्तव्यस्त भएको छ। हाल संक्रमण दर केही घटे पनि डेल्टा भेरियन्टको प्रभाव बढ्न सक्ने भन्दै थप सतर्कता अपनाउन पर्नेमा जोड दिइएको छ। 

ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले संक्रमण नियन्त्रण गर्न केही नगरेको भन्दै आलोचना हुँदै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell