PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मन्त्री छान्न आफ्नै पार्टीका नेतासँग छलफलमा प्रचण्ड



मन्त्री छान्न आफ्नै पार्टीका नेतासँग छलफलमा प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन्। स्थायी कमिटी बैठकमा छलफल गर्न उनी पार्टी कार्यालय पुगेका हुन्।

बिहान ११ बजेका लागि बोलाइएको बैठक पेरिसडाँडामा केही ढिलो गरि सुरु हुन लागेको स्थायी कमिटी सदस्य गणेश साहाले जानकारी दिए। उनका अनुसार पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न प्रचण्डले आफ्ना पार्टीका नेताहरुलाई बैठकमा बोलाएका हुन्।

सरकारमा सहभागी हुने नेताहरुको नाम टुंगो लगाउनेबारेमा पनि माओवादीले छलफल थालेको छ। माओवादीबाट अहिले २ जना मात्रै सरकारमा सहभागि छन्।

गठबन्धन सरकारमा माओवादी केन्द्रले ७ जना मन्त्रीको भाग पाएको छ। यसअघि पनि माओवादीले सरकारमा सहभागी हुने मन्त्रीका बारेमा बैठक बोलाएर छलफल गरे पनि टुंगो लगाउन भने सकेको छैन। शुक्रवार पनि माओवादीको स्थायी कमिटीको बैठक बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell