PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लुम्बिनीका सत्ता पक्षद्वारा विशेष अधिवेशन बहिष्कार, मुख्यमन्त्रीको राजीनाबारे प्रदेश प्रमुखबाट पत्र नआएकाले नियमित प्रक्रिया सुरु



लुम्बिनीका सत्ता पक्षद्वारा विशेष अधिवेशन बहिष्कार, मुख्यमन्त्रीको राजीनाबारे प्रदेश प्रमुखबाट पत्र नआएकाले नियमित प्रक्रिया सुरु

काठमाडौं : लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु भएको छ। हाल नियमित कार्यसूची अनुसार बैठकको कार्य चलिरहेको छ। सत्तारुढ दल नेकपा एमालेले बैठक बहिष्कार गरेका छन्।

प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको बारे आफूलाई फोनमार्फत जानकारी आएको बताए।

आजको विशेष अधिवेशनमा पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल हुने कार्यसूची थियो। पोखरेलले राजीनामा दिएपनि प्रदेश प्रमुखबाट आधिकारिक पत्र प्रदेशसभामा आइपुगेको छैन। त्यसैले पत्र प्राप्त नभएसम्म हाल नियमित कार्यसूचीमा प्रक्रिया अघि बढ्ने घर्तीले बताए।

' मलाई एमालेका सचेतक र मुख्यमन्त्रीले फोनबाट राजीनामा दिएको बारे जानकारी गराए। तर प्रदेश प्रमुखबाट आधिकारिक पत्र आएको छैन। पत्र नआएससम्म नियमित प्रक्रियामा बैठब चल्छ। पत्र आएपछि त्यस अनुसार प्रक्रिय चल्छ।' 

हाल मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव बारे प्रदेशसभामा छलफल भइरहेको छ।

लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुनु अघि पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए। पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफलका लागि आज विशेष अधिवेशन आह्वान भएको थियो। अधिवेशनमा विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन्।

८० सदस्य रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको छ। प्रदेश सभामा नेकपा एमाले माधव नेपाल पक्षसहितका ३८ जना सांसदको मात्रै सरकारलाई समर्थन रहेको छ। विपक्षी गठबन्धनमा भने सभामुखबाहेक ४१ जना सांसदको सर्मथन छ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell