PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघको माग



पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघको माग

काठमाडौं : सोमवार साँझ नपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगमको कदम जनविरोधी भएको उल्लेख गर्दै सत्तारुढ दलकै विद्यार्थी संगठन नेविसंघले भाउ वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै मृल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।

'कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्ता लाई थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि प्रति घोर भर्त्सना गर्दछु,' तिमल्सिनाले विज्ञप्तिमार्फत भनेका छन्, 'अत्यावश्यकिय उपभोग्य बस्तु माथी पटकपटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुपरेको अवस्थामा सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दछु।'

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो। आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले दुई रुपैयाँले बृद्धि गरेको छ।

समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १३०, डिजेल ११३ र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य अब ८६ रुपैयाँ पुगेको छ। यस्तै, निगमले अन्तर्राष्ट्रिय उडान तर्फको हवाइ इन्धनमा प्रति किलोलिटर १६ अमेरिकी डलरले बृद्धि गरेको छ। नयाँ मूल्य अब ७७० अमेरिकी डलर प्रतिकिलोलिटर कायम भएको छ।

मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजेलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमले जनाएको छ।

यसअघि भएको मूल्य समायोजनपछि पेट्रोल १२८ रुपैयाँ र डिजेल १११ रुपैयाँ कायम थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell