PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लिम्बू भाषाको फिल्म ‘थेत्लङ’अमेरिकाको सत्यनारायण हलमा प्रदर्शन हुने



लिम्बू भाषाको फिल्म ‘थेत्लङ’अमेरिकाको सत्यनारायण हलमा प्रदर्शन हुने

काठमाडौं : लिम्बू भाषाको कथानक आधुनिक फिल्म ‘थेत्लङ’ आगामी अक्टोबर २ मा अमेरिकाको ज्याक्सन हाइटस्थित सत्यनारायण हलमा प्रदर्शन हुने भएको छ। फिल्मका निर्देशक किशोर सुब्बाका अनुसार त्यहाँ पहिलोपटक फिल्मको विशेष प्रदर्शन हुन लागेको हो।

ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन्। उक्त उपन्यासलाई फिल्म निर्देशक तथा लेखक सागर केरुङले फिल्मको पटकथामा ढालेका छन्।

सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा विशाल सेनेहाङ, दिव्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, सोनु ताम्लिङलगायतको अभिनय रहेको हो।

लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको फिल्ममा दिनेश माङ्मुको नृत्य, कुल्बा सुब्बा, राजु आङ्देम्बे, मणि ताम्लिङ र पविन आङ्देम्बको संगीत छ।

मणि ताम्लिङ निर्माता रहेको फिल्ममा विराज लिम्बु सहनिर्माता छन्। यो फिल्म काठमाडौं, धरानलगायतका स्थानमा प्रदर्शन भइसकेको छ। फिल्म हङकङ, कोरिया, यूकेलगायतका देशमा प्रदर्शनको तयारीमा छ। फिल्मले चारवटा एफएलएफए अवार्ड पनि जितेको छ।

फिल्म प्रदर्शनका लागि किरात याक्थुङ चुम्लुङ, अमेरिकाको तर्फबाट दिपक थेवे संयोजक रहेको प्रदर्शन समिति बनाइएको छ। जसमा निर्देशक किशोर सुब्बा, लोक चेम्जोङ, वीरेन्द्र लाबुङ लिम्बू, प्रेम गुरुङ, सम्राट कार्की, केशवराम राई र किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्सुहाङ सदस्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell