PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संसद बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची, कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन प्रधानमन्त्री देउवाको ह्विप



संसद बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची, कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन प्रधानमन्त्री देउवाको ह्विप

काठमाडौं : संघीय संसदको दुबै सभाको बैठक आज बस्दै छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा दुबै सदनको बैठक दिउँसो ४ बजेका लागि डाकिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपित विद्यादेवी भण्डारीले दुबै सदनको बैठक आह्वान गरेकी हुन्। सरकारले यसअघि साउन ३२ गते दुबै सदनको बैठकको अन्त्य गरेको थियो। यो बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए।

दल विभाजन सम्बन्धी अध्यादेश आएर दुई पार्टी विभाजन भइसकेको छ।

यस्ता छन् आजका सम्भावित कार्यसूची

आजको प्रतिनिधि सभाका सम्भावित कार्यसूचीमा ३२ वटा सूची तयार छ। यसमा सबैभन्दा बढी विषयहरु अध्यादेशसम्बन्धी नै छन्। पहिलो विषयमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), अध्यादेश पेश गर्ने कार्यक्रम रहेको छ। त्यसपछि अध्यादेशसम्बन्धी बुँदाहरु रहेका छन्।

अनिवार्य उपस्थित हुन देउवाको निर्देशन

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।

मंगलबार अपरान्ह बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्। संसद बैठकमा अनिवार्य रुपमा उपस्थित भई पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको पार्टी संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell