PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चिन्तामणि शिवाकोटीको गीतसङ्ग्रह ‘पत्थरको मुटु’ सार्वजनिक, ‘हिमालबाट हिउँ पग्लि’ गीतमा राष्ट्रप्रेमको भाव



चिन्तामणि शिवाकोटीको गीतसङ्ग्रह ‘पत्थरको मुटु’ सार्वजनिक, ‘हिमालबाट हिउँ पग्लि’ गीतमा राष्ट्रप्रेमको भाव

काठमाडौं : गीतकार चिन्तामणि शिवाकोटीको गीतसङ्ग्रह ‘पत्थरको मुटु’ तथा ‘हिमालबाट हिउँ पग्लि’ गीतको भिडियो सार्वजनिक भएको छ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच गीतसङ्ग्रहको विमोचन तथा नेपाली राष्ट्रप्रेमको भाव बोकेको गीतको भिडियो सार्वजनिक गरिएको हो। ‘पत्थरको मुटु’ गीतसङ्ग्रहमा उनले विसं २०४३ देखि लेखेका ५२ वटा गीतहरू समावेश छन्।

जसमध्ये केही गीत भने रेकर्ड भइसकेका छन्। साथै, आगामी दिनहरुमा पूर्णरुपमा कलाक्षेत्रमा सक्रिय हुने शिवाकोटीको भनाइ छ।

शिवाकोटीले नै लेखेको ‘हिमालबाट हिउँ पग्लि’ बोलको गीतमा गायक प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ। साथै, संगीत भने सुरेश अधिकारीले भरेका छन्।

राष्ट्रप्रेम तथा समावेशीकरणको भाव बोकेको गीतको भिडियोमा अभिनेत्री निता ढुंगाना र आकाश अधिकारीको मुख्य भूमिका छ। त्यसैगरी, कोमल वली, धिरेन शाक्य, शिव श्रेष्ठ लगायतको अभिनय समेत देख्न सकिन्छ।

बुद्ध गुरुङ र रोजन तामाङले खिचेको भिडियोको कन्सेप्ट निर्देशक आकाश अधिकारीले तयार पारेका हुन्। साथै, यस भिडियोमा अधिकारीको नै निर्देशन रहेको छ।

गीतकार चिन्तामणि नेपाल राष्ट्र बैकका निवर्तमान डेपुटी गर्भनर हुन्। यसअघि पनि शिवाकोटीले कविता सङ्ग्रह लगायत थुप्रै लेख सङग्रह ल्याइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell