PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

थपिए १०६६ कोरोना संक्रमित, १२३४ जना संक्रमण मुक्त



थपिए १०६६ कोरोना संक्रमित, १२३४ जना संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर एक हजारभन्दा बढी कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। ११ हजार ३८५ जनाको नमूना परीक्षण गर्दा १ हजार ६६ जनामा संक्रमण देखिएको हो।

यस्तै, एक हजार २३४ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ८२ रहेको छ।

संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार २८ जनाको कोभिड-१९ संक्रमणका कारण मृत्यु भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसर पछिल्लो २४ घण्टामा १ लाख ७० हजार ३१७ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। हालसम्म ५५ लाख ६१ हजार भन्दा बढीले खोपको पूर्ण मात्रा र ६१ लाख ९८ हजारभन्दा बढीले खोपको पहिलो मात्रा लगाइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell