PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारले घोषणा गरेको विभूषण कार्टुनिस्ट सायमिद्वारा अस्वीकार



सरकारले घोषणा गरेको विभूषण कार्टुनिस्ट सायमिद्वारा अस्वीकार

काठमाडौं : चर्चित कार्टुनिस्ट रविन सायमीले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नका लागि घोषणा गरेको विभुषण अस्विकार गरेका छन्। संविधान दिवसको अवसरमा आज राष्ट्रपति भण्डारीले ९०३ जनालाई विभुषण तथा पदक प्रदान गर्ने घोषणा गरेकी थिइन्।

नागरिक दैनिकमा आवद्ध सायमिको नाम प्रवल जनसेवाश्री पाउनेको ६६ नम्बरमा उल्लेख छ। उक्त विभुषण आफूले ग्रहण नगर्ने निर्णय गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका हुन्। 'सरकारले मलाई 'प्रवल जनसेवा श्री' बाट विभुषित गर्ने निर्णय गरेको रहेछ। तर हाललाई यो विभुषण ग्रहण नगर्ने निर्णय गरेको छु,' उनले भनेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell