PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भारतमा ३० हजार बढी कोरोना संक्रमित थपिए



भारतमा ३० हजार बढी कोरोना संक्रमित थपिए
PHOTO : Francis Mascarenhas / Reuters

काठमाडौं : भारतमा थप ३० हजार ७७३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३८ हजार ९४५ जना संक्रमण मुक्त भएका छन्।

हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ३२ हजार १५८ पुगेको छ।

संक्रमणका कारण थप ३०९ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ४ लाख ४४ हजार ८३८ पुगेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ८५ लाख ४२ हजार ७३२ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। हालसम्म भारतमा ८० करोड ४३ लाख ७२ हजार ३३१ जनाले खोप लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell